बिर्तामोड ।झापा बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाईन न्युज पोर्टलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ ।

न्यूटन्स एजुकेशन एकेडेमीको २३ औं बार्षिकोत्सवका अवसरमा पत्रकार न्यौपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो । झापा बिर्तामोडका स्थायीबासी पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पत्रकार न्यौपाने शैक्षिक, आर्थिक, सामाजिक लगायतका बिद्यासहित खोजमुलक रिपोर्टिङमा दख्खल राख्छन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ,न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईलगायतले सम्मान गरेका थिए ।साथै कार्यक्रममा शिक्षासेवी, विद्यार्थी, अभिभावक, शिक्षकलाई पनि सम्मान गरिएको छ ।
न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्बा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो ।

यसैगरी उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, विद्यालयका सञ्चालक आशिष प्रसाई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी अनन्य खरेलले स्वागत गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच न्यूटन्स एकेडेमीले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै सरस्वती मावि, कनकाई आदर्श बिद्या मन्दिर घैलाडुब्बा र आठराईको विद्यालयलाई जनही ३ लाख १० रुपैयाँको अक्षयकोष र बिर्तामोडको मदरसा तालिमूल कुरान विद्यालयलाई ५० हजार सहयोग गरेको थियो ।
कार्यक्रममा विद्यालयको गतिविधिका बिषयमा प्रिन्सिपल देवेन्द्र हुमागाईले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत शिक्षासेवी, अभिभावक, समाजसेवीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र शिक्षिका पवित्रा पौडेलले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, गजल र नाटक प्रस्तुत गरेका थिए



