झापा, माघ १७ । मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।


गएराति १० बजे मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ न.को मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ बस्ने ३५ वर्षीय काशीनाथ पौडेल र पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय चेतन कट्वाल घाइते भएका थिए । शरीरमा चोट लागेर गम्भीर घाइते भएका कट्वाललाई आम्दा अस्पताल धुलाबारी पठाएकोमा राति डाक्टरले मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

घाइते मोटरसाइकल चालक पौडेललाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्