झापा, माघ १७ । काठ चिर्दा मेसिनले हात चुँडिएर दमकमा एकजना गंभीर घाइते भएका छन् ।

आज बिहान ६ः१५ बजे दमक ४ चिया दोकान बस्ने युवराज बुढाथोकीले संचालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा काम गर्ने कामदार मोरङ रतुवामाई ४ बस्ने ४० वर्षीय विरबहादुर ताजपुरियाको हात चुँडिएको हो ।
काठ चिर्ने क्रममा काठ चिर्ने मेसिनले उनको बायाँ हात चुँडिएपछि उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो । त्यहाँ संभव नभएपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



