झापा, माघ १९ । रुखबाट लडेर बिर्तामोडमा एक युवक घाइते भएका छन् ।

हिजो साँझ ५ः५४ बजे बिर्तामोड ४ रामाउत टोल बस्ने १९ वर्षीय मिसन लिम्बू घरनजिकै रहेको खस्रेतोको रुखमा बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका हुन् । बिर्तासिटी अस्पताल बिर्तामोडमा उनको उपचार भइरहेको छ ।

देब्रे हातमा चोट लागेका लिम्बूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्