झापा, माघ २० । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएका शारीरिक सुगठनका प्रशिक्षक झापा बिर्तामोडका राम दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्।

बडी ग्यारेज जीम हाउसका संचालक दाहालले आफू परिवर्तनको पक्षमा रहेको बताउँदै युवाहरुको ढुकढुकी बालेन शाहलाई देशको प्रधानमन्त्री बनाउनको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको बताएका छन्। उनी यसअघि नेकपा एमालेमा रहेका थिए ।



