झापा, माघ २२ । बिर्तामोडमा दुई तला माथिबाट खसेर एक कामदार घाइते भएका छन् ।

गएराति ११;१५ बजे बिर्तामोड वडा न.५ न्यूटन्स स्कुल छेउ बस्ने सुमित मगरको निर्माणाधीन पक्की घरको दुई तला माथिबाट खसेर कामदार घाइते भएका हुन् । सोही घरमा मार्बलको काम गर्ने कामदार भारत मतिगढा पानिटंकी बस्ने २८ वर्षीय भुतन बर्मा अत्यधिक मादक पदार्थ सेवन गरी अचानक चिप्लिएर भुइँमा लडेका थिए ।

उनको ढाड र मुखमा चोट लागेको छ । घाइते बर्माको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्