झापा । अर्जुनधारा नगरपालिकामा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालय २१ स्वर्ण पदकसहित नगर प्रथम भएको छ ।

शनिश्चरे माविले यसअघि पनि लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ । विद्यालयले २०८० सालमा २१ स्वर्ण पदकसहित नगर प्रथम,२०८१ सालमा २० स्वर्ण पदकसहित नगर प्रथम,२०८२ सालमा पुनः २१ स्वर्ण पदकसहित नगर प्रथम हासिल गर्दै लगातार तीन वर्ष आफ्नो दबदबा कायम राख्न सफल भएको हो ।यस प्रतियोगितामा विद्यार्थी आर्यान पुरीले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको विजयमा महत्वपूर्ण योगदान दिएका छन् ।
– प्रकाशचन्द्र दाहाल



