झापा, माघ २३ । बिर्तामोड १ पश्चिम बस स्टेन्डनजिक रहेको नाइट लाइफ डान्सबारका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति ११;५० बजे नाइट लाइफ डान्सबार रातको अबेरसम्म खुल्ला रहेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी नायव निरीक्षक जबरबहादुर बस्नेतको टोलीले सोही डान्सबारका संचालक बिर्तामोड ४ बस्ने ३२ वर्षीय भरत राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका बिर्तामोडमा राखिएको छ ।
प्रहरीले बिर्तामोडका डान्सवारहरुमाथि कडाई गर्दै आएको छ । तर, प्रतिष्ठित व्यक्तिले चलाएको डान्सवारलाई भने अबेर रातिसम्म संचालन गर्न दिएको गुनासो पनि रहेको छ ।



