काठमाडौँ । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँ काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका छन् ।


काठमाडौंबाट वीरगञ्ज जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनले वीरगञ्जमा कार्यक्रम गर्ने तयारी गरिरहेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले वीरगन्जमा कार्यक्रम गर्ने योजना बनाए पनि उनलाई स्थानीय प्रशासनले अनुमति दिएको थिएन । प्रसाईंले भने अनुमति नपाए पनि घन्टाघरमा कार्यक्रम गर्ने अडान राखेका थिए । बिहीबार मात्रै अभियानका जनकपुर संयोजक विजय थापाले दुर्गा प्रसाईंको सम्बोधन हुने उक्त कार्यक्रमलाई ‘विशाल नागरिक सभा’ का रूपमा आयोजना गर्न लागिएको बताएका थिए ।

१९ माघमा दुर्गा प्रसाई चितवन पुगेका थिए । त्यहाँ उनले तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रसाईलाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्