बिर्तामोड, माघ २३ । वरिष्ठ साहित्यकार दिलबहादुर थापाको विभिन्न १० वटा कृतिहरुमाथि एउटै मंचमा परिचर्चा गरिएको छ ।

दिलबहादुर थापा परिवारको आयोजना तथा झापाली साहित्य समाजको संयोजनमा महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजारको सभाहलमा भएको कार्यक्रममा थापाले प्रकाशित गरेका कृतिहरुमाथि परिचर्चा गरिएको हो ।

बिर्तामोड ३ निवासी थापाले प्रकाशित गरेका कृतिहरुमा गीत , मोबाइल, मानवेत्तर(पशुपंक्षी ), सन्तान सुधार्ने सुत्रहरु , जिज्ञाशा , जीवन जिउने जुक्ति , अचम्मको मान्छे , अन्जानहरु , सन्तानप्रतिको दायित्व , असल अभिभावकत्व रहेका छन् । ती कृतिहरुमाथि प्रा. डा. अन्जना भट्टराई,डा. छायाँदत्त न्यौपाने,डा. व्यञ्जना शर्मा,वरिष्ठ गायक डा. टीका भण्डारी,गोमेन्द्र कलेजका संस्थापक प्रिन्सिपल डा. रूपक खनाल,डा. ठाकुरप्रसाद सिग्देल, डा. गंगा अधिकारीलगायतले परिचर्चा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई रहेका थिए ।


कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहेकी प्रा. डा. अन्जना भट्टराईले थापाको कृतिमाथि गहन समीक्षा प्रस्तुत गरेकी थिइन् ।समीक्षाका क्रममा उनले थापाका सिर्जनाले समाजको यथार्थ चित्रण गर्नुका साथै नेपाली साहित्यमा विशिष्ट स्थान राख्ने उल्लेख गरिन् । सोही अवसरमा कार्यक्रमका विशेष अतिथिहरूलाई दोसल्ला ओढाएर मालासहित सम्मान गरिएको थियो। आयोजकका तर्फबाट मोहन थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा झापाली साहित्य समाजका सचिव विवेक निशानीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, साहित्यकारहरु भवानी क्षेत्री, प्रेमप्रकाश फलाहारी, राजेन्द्र प्रसाईं, रिखिराम बराल, कृष्णमणि अधिकारी, प्रहरी चौकी बिर्ताबजारका अध्यक्ष वीरेन कोइराला, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतको उपस्थिति थियो। यस्तै, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष मदनगोपाल सुब्बा, गोपीकृष्ण प्रसाईं, मोहन पौडेल, पुण्यप्रसाद भट्टराई, विष्णु मैनाली, लक्ष्मीप्रसाद आचार्य, गोविन्द सिटौला, अर्जुन भण्डारीसहित शिक्षक, शिक्षिका, विद्यार्थी र साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्