झापा, माघ २४ । नेकपा एमालेनिकट नेशनल भोलेन्टियर्स फोर्सको बिर्तामोड नगर कमिटी गठन भएको छ ।


बिर्तामोड–५स्थित एमालेको नगर कमिटीको सभाहलमा नेकपा एमालेको भ्रातृ संगठन नेशनल भोलेन्टियर्स फोर्स झापाको आयोजनामा भएको भेलाले नगर कमिटी गठन गरेको हो ।

नेशनल भोलेन्टियर्स फोर्सका झापा जिल्ला संयोजक विकास गिरीको अध्यक्षता तथा नेशनल भोलेन्टियर्स फोर्सका केन्द्रीय कमिटीका सहसंयोजक अमित पौडेलको प्रमुख आतिथ्यमा भएको भेलामा राष्ट्रिय युवा संघ झापाका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य खगेन्द्रराज आङदम्बे ,पूर्व सभामुख तथा झापा क्षेत्र नं २ का उम्मेदवार देवराज घिमिरेलगायत पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त नगर भेलाबाट रोजित गुरुङको संयोजकत्वमा २३ सदस्यीय नेशनल भोलेन्टियर्स फोर्स बिर्तामोड नगर कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा राजन खरेल र अरुण कन्दङ्वा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्