झापा, माघ २६ । झापाको कचनकवलमा नवजात शिशु मृत फेला परेको छ ।

हिजो बिहान कचनकवल वडा नं.३ डाँगीबारी बस्ने खेलबहादुर राजवंशीको घरपछाडी परालको कुन्यूछेउमा नवजात शिशु मरेको अबस्थामा फेला परेको हो । हरियो कपडाको सलले बेरेर नवजात शिशु (छोरा) जन्माई सालनालसहित फ्यालिएको अबस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार सो नवजात शिशु खेलबहादुर राजवंशीकी छोरी बर्ष १७ की कल्पना राजवंशीको हो भन्ने बुझिएको छ । कानुनी प्रकृया पुरा गरी शिशुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

अनुसनधानको लागि कचनकवल ४ केचना बस्ने १८ वर्षीय हेम राजवंशीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । ती किशोरी सुत्केरी रहेकीले केही दिनपछि पक्राउ गरिने प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट गर्भमा रहेको शिशुलाई जन्माएर ती किशोरीले फालेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्