झापा, माघ २६ । बैंकिङ कसुरमा झापाको कन्काईबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्ने ४७ वर्षीय सुमन दाहाल रहेका छन् ।
हिजो साँझ ६.४० बजे कन्काई ४मौरीपालन टोलस्थित आफन्तको घरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा उजुरी परेकाले दाहाललाई काठमाण्डौं पठाउने तयारी भइरहेको जनाइएको छ ।



