झापा, माघ २६ । झापाको मेचीनगर ४ बाहुनडाँगीमा बाघले बाख्रा मारेको छ ।

गएराति ११ बजेतिर मेचीनगर ४ बाहुनडाँगी बस्ने वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुईवटा ब्याउने बाख्रा बाघले मार्दा अन्दाजी ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



