झापा, माघ २८ । डोमालाल राजवंशी रंगशालामा जारी सातौं झापा गोल्डकप सकिनेवित्तिकै जग्गादाता राजवंशीकी छोरी सम्पत्तिको घर निर्माण हुने भएको छ ।

आगामी फागुन ४ गते झापा गोल्डकपको फाइनल खेल हुँदैछ । गोल्डकप सकिनेवित्तिकै जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने कार्यमा लाग्ने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । उनले हिजो सम्पत्तिको झुप्रोमा पुगेर घर बनाइदिने ठाउँ हेरेका थिए । ‘ दाता डोमालालकी छोरीको अबस्था नाजुक लाग्यो’ उनले भने ,‘ गोल्डकप सकिएपछि हामी सबै घर निर्माण कार्यमा जुट्छौं । ’ उनले त्यस कार्यमा सबैलाई सहयोग गर्न आव्हानसमेत गरेका छन् ।

गोल्डकप उद्घाटनका दिन जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको अर्धकदको शालिक अनावरण भएको छ । पूर्व अध्यक्ष स्वर्गीय बिनोद बस्नेतले छैठौ गोल्डकपपछि डोमालालकी छोरी सम्पत्तिको घर निर्माण गर्न आर्थिक संकलन थालेका थिए ।

त्यसक्रममा सहयोगीहरुबाट करिव १५ लाख रुपैयाँ सहयोग दिने बचन प्राप्त भएको थियो । तर, घर निर्माण कार्य बीचमा सेलाएको थियो । करिव १३ विगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्