झापा, माघ २९ । झापा जलथल जंगलमा जंगली हात्ती मृत फेला परेको छ ।

आज दिउँसो ३ः३० बजे कचनकवल गाउँपालिका वडा नं. ७ स्थित दिपज्योती सामुदायिक बनभित्र भाले जाँतको जंगली हाती मृत अबस्थामा फेला परेको हो ।
उक्त सामुदायिक बनका पदाधिकारीहरुले डिभिजन बन कार्यालय चन्द्रगढीमा जानकारी गराई डिभिजन बन कार्यालयबाट गएको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी सदगत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



