झापा, फागुन १ । झापाको अर्जुनधारामा करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका ७ बस्ने बर्ष ६४का प्रमानन्द पौडेल रहेका छन् । माघ २८ गते राति ९.३० बजे अर्जुनधारा ९ बाह्रघरेमा इलाम घर भई बिगत ६–७ महिनादेखि मामा घरमा बस्दै आएकी युवतीलाई पौडेलले करणी गरेको आरोप लागेको हो ।

प्रहरी चौकी शनिश्चरेमा पीडित पक्षले जानकारी गराएपछि प्रहरी टोली खटिएर पीडित र पीडकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान गरी दुबैलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्