झापा, फागुन १ । निर्वाचनलाई असर गर्ने गरी झापाबाट काठमाडौ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले भव्य स्वागत गरेका छन् ।

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी शक्ति र समर्थकहरूको ठूलो भीड लागेको थियो ।
उनलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका थिए । स्थानीय प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको भए पनि समर्थकहरुको भीड लागेको छ । विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पूर्वराजा शाहलाई लिनको लागि झापा दमक –९ स्थित मिनी दरवारमा कैलाश एयरको हेलीकप्टर आएको थियो । बिहान ११ः४३ बजे दमक –९, हिमालय महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारबाट शाहसहित ५ सदस्यीय टोली (चालक दलका सदस्य बाहेक) कैलाश एयरको हेलीकप्टरमार्फत काठमाडौं प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्