झापा, फागुन २ । स्कुल बसको ठक्करबाट झापाको बुद्धशान्तिमा एक पैदलयात्री घाइते भएका छन् ।

हिजो साँझ ५ बजे बुद्धशान्ति वडा न.–१बुधबारे चौकनजिक भित्री सडकखण्डमा बुधबारेबाट त्रिवेणी चोकतर्फ जाँदै गरेको मे. १क. ५०७ नम्बरको बाल्मीकि एजुकेशन फाउण्डेशन बिर्तामोडको स्कुल बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट पैदलयात्री बुद्धशान्ति वडा न.–३ शितल बस्ती बस्ने अन्दाजी बर्ष ७० का मातृका सम्याङ घाइते भएका छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । बस चालक बिर्तामोड –१बस्ने बर्ष ५२का रामबहादुर राई र बस इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।



