झापा, फागुन २ । काठको गोलिया बोकेको ट्रक बुद्धशान्तिमा पल्टिदा चारजना गंभीर घाइते भएका छन् ।

आज दिउँसो ३ बजे बुद्धशान्ति ५ गढीगाउँस्थित भित्री सडकखण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको गोलिया बोकेको ना.६ ख.७९५४ न.को ट्रक आफै अनियन्त्रित भई रोडको बायाँ साईडमा पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक अर्जुनधारा १० बस्ने बर्ष ४० का अनुकुमार चौधरी (छाती र टाउकोमा चोट अबस्था मध्यम) , सोही ठाउँ बस्ने बर्ष २८ का मुकेश मगर (दाहिने हात र दाहिने खुट्टामा चोट अवस्था मध्यम) , बर्ष ३० का अमिर तामाङ (टाउको, देब्रे खुट्टा र नाकमा चोट बोल्न नसक्ने अवस्था गम्भीर) र बर्ष २२ का राकेश तामाङ (देब्रे खुट्टा र चिउँडोमा चोट बोल्न नसक्ने अवस्था गम्भीर) रहेका छन् ।

चारैजना घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रकमा लोड अनलोडको काम गर्ने मानिसहरु घाइते भएका हुन् । ट्रक घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्