झापा, फागुन २ । लागूऔषध ब्राउनसुगरसहित भद्रपुरमा पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर वडा न. ८ सगरमाथा बस्ने बर्ष २८ का कृष्ण राजवंशी, सोही ठाउँ बस्ने बर्ष १८ का निशान मोहमद ,बर्ष १९ का इमरान मोहमद ,बिर्तामोड ३ बस्ने बर्ष २१का निशान चौधरी र भद्रपुर १० बस्ने बर्ष २४ का मोहमद जाहित रहेका छन् । आज दिउँसो ३ः४० बजे भद्रपुर .८ सगरमाथा चोकमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । सोही ठाउँ बस्ने जगतबहादुर मगरको घर भाडा लिई बस्ने निशान मोहमदसहित ५ जनाले लुकिछिपि लागूऔषध सेवन गरिरहेको अवस्थामा उनीहरुको साथबाट प्लाष्टिकसहित १० ग्राम ३८० मिलिग्राम र प्लाष्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

कृष्ण राजवंशीको नाममा रहेको मे १० प ३८ ७१ न.को मोटरसाइकलसहित नियन्त्रणमा लिई उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्