झापा, फागुन ३ । गाडी चढ्ने क्रममा छारे रोगले भेटेपछि दमककी एक युवतीको ललितपुरमा मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका १० घर भई दमक ४ संगम टोलस्थित मामा कृष्णबहादुर अधिकारीको घरमा पढ्दै बस्दै आएकी दुर्गाबहादुर पोख्रेलकी छोरी बर्ष अन्दाजी २२ की खुशी पोख्रेलको छारे रोगका कारण ललितपुरमा मृत्यु भएको हो । गत माघ २२ गते खुशीलाई उपचार गराउन उनका मामाले ललितपुर सानापोखरीस्थित झाँक्रीकोमा लगेका थिए ।

उपचार गराई फागुन १ गते घर फर्किने क्रममा सोही स्थानमा गाडी चढ्ने क्रममा पुनः छारे रोगले भेटेपछि सोही स्थानमा नै उनको मृत्यु भएको हो । मृतकको शव हिजो विहान ५ बजे दमक ४ संगम टोलस्थित मामा घरमा ल्याई राखेको भनेर स्थानीयले खबर गरेपछि प्रहरी गएको थियो ।

आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरेपछि पोष्टमार्टमपश्चात् सदगतको लागि मृतकका मामा कृष्णबहादुर अधिकारीले शव बुझिलगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्