झापा, फागुन ३ । करिव एक साताअघि एकसाथ घरदैलो गरेका एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह आज काठमाडौबाट झापा ५ मा आउँदैछन् ।

पूर्वप्रधानमन्त्री ओली बिहान १०ः२० बजेको यति एयरलाइन्सको बिमानद्वारा काठमाण्डौंबाट झापाको चन्द्रगढी बिमानस्थल हुँदै दमक जाने कार्यक्रम रहेको छ । त्यस्तै बालेन शाह आज दिउँसो करिव १२ः३० बजे बिराटनगर हुँदै झापा आउने बुझिएको छ ।
एक सातासम्म घरदैलो सकेर ओली केही दिनअघि काठमाडौ फर्किएका थिए भने बालेन करिव तीन दिन झापा ५ मा घरदैलो गरेर देशव्यापी दौडाहामा गएका थिए । एक अर्काका खरो प्रतिष्पर्धी रहेका दुवैजनाले एकसाथ घरदैलो गर्दा सुरक्षा चुनौती थपिने गरेको छ ।



