झापा, फागुन ५ । राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउको विरोधमा उनका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

गएराति ९ देखि ९ः३० बजेसम्म बिर्तामोड –३ स्थित खाद्य संस्थानको गोदामअगाडि पूर्वपश्चिम राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

नागरिक बचाउ महाअभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौलाको नेतृत्वमा आन्दोलन परिचालन समितिका झापा जिल्ला संयोजक यमकुमार मैनाली, कन्काई नगर संयोजक विष्णु राजवंशीलगायत करिब १० जनाको संख्यामा भेला भई “दुर्गा प्रसाईंलाई रिहा गर, सुशीला कार्की मुर्दावाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद” जस्ता नारा लगाई सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर प्रदर्शनकारीहरुलाई तितरबितर बनाई आगो निभाएको थियो । गएराति बीएण्डसी अस्पतालका संचालक प्रसाईंलाई भक्तपुरस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्