झापा, फागुन ५ । कचनकवलमा पानीको खाल्डोमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे कचनकवल वडा न.२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशी वडा नं.३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
बालकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



