झापा, फागुन ५ । नेपाली सेनाले कन्काई पुलमा राखिएको शंकास्पद बस्तु डिस्पोज गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माईधारको कन्काई पु्‌लको पश्चिमतर्फ मुख्य राजमार्गमा बोरालाई डोरी र कालो टेपले पोका पारि तार जडान भएको शंकास्पद बस्तु आज बिहान फेला परेको थियो ।

अरिदमन गण चारआली व्यारेकलाई खबर प्राप्त भएपश्चात् उक्त गण अन्तर्गत रहेको कम्पनी अपरेटिङ बेस (सीओबी)सुरुङ्गाबाट तत्काल बम डिस्पोजल टिमसहित गएको फौजले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाई उक्त शंकास्पद वस्तु (होक्स) डिस्पोज गरेको हो ।

नेपाली सेनाको अरिदमन गणबाट शंकास्पद वस्तु (होक्स) डिस्पोज गरेपश्चात् हाल राजमार्गमा सवारी साधनहरु सुचारु भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्