झापा, फागुन ५ । उज्यालो नेपाल पार्टीले गिरीबन्धु टि इस्टेटसँग जोडिएको ५१ विगाह जग्गा फुकुवा गर्न पहल गर्ने भएको छ ।


उज्यालो नेपाल पार्टीका तर्फबाट झापा क्षेत्र नं २ मा उम्मेद्वार बनेका सीके बेघाले आफ्‌नो चुनावी घोषणापत्रमै उल्लेख गरेर बिर्तामोड बसपार्कको जग्गा समस्याको समाधानका लागि पहल गर्ने बताएका छन् । उनले बसपार्कको जग्गा समस्या समाधानका लागि उच्चस्तरीय स्वतन्त्र नागरिक छानविन समिति गठन गरिनु पर्ने उनले बताएका छन् ।

उम्मेदवार बेघाले आफ्‌नो घोषणापत्रमा झापा निर्वाचन क्षेत्र २ मा संचालन भइरहेका विकास निर्माणका आयोजनाहरु तोकिएको समयभित्र सम्पन्न गर्न पहल गर्ने, नयाँ विकासका आयोजनाहरु ल्याउन पहल गर्ने , शनिश्चरेबाट खुदुनाबारी तर्ने बिरिङ पुल र त्यसको आसपासमा तटबन्ध गर्ने , मदन भण्डारी लोकमार्ग निर्माणलाई गति दिन पहल गर्ने ,अदुवा खोलाका कारण आउने बाढी व्यवस्थापन गर्ने , विर्तामोडको बुधबारे कृषि बजारलाई व्यवस्थित गर्न भनि निर्माण गर्न खोजिएको भवन तत्काल निर्माण गर्न पहल गर्ने ,डोमालाल राजवंशी रंगशालालाई राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नेलगायतका एजेन्डा अगाडि सारेका छन् ।

उज्यालो नेपाल पार्टीले सुशासन र भ्रष्टाचारमुक्त राजनीति , रोजगार र अर्थतन्त्र , शिक्षा र स्वास्थ्य ,पूर्वाधार र विकास,कृषि, उद्योग र पर्यटन,महिला, युवा, आदिवासी जनजाति र जेष्ठ नागरिक ,खेलकुद,वातावरण संरक्षण र सरसफाई ,उद्योग र उध्यम,सिपमुलक तालिम,लोपोन्मुख तथा अल्पसंख्यक जाति र दलितलगायतका विषयलाई प्राथमिकताका साथ आफ्‌नो चुनावी घोषणापत्रमा समेटेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्