झापा, फागुन १० । चुनाव प्रचार प्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झापा आउने भएका छन् ।

उनी फागुन १२ गते झापाको चुनावी कार्यक्रमका लागि आउन लागेका हुन् । मंगलवार बिहान ८ बजे काठमाडौबाट चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनले पार्टीको ३ नं क्षेत्रीय सभालाई संबोधन गर्ने भएका छन् । भद्रपुर विद्युत प्राधिकरण अघिको खुला मैदानमा आसन्न निर्वाचन लक्षित सभालाई उनले संबोधन गर्ने भएका हुन् ।

त्यसपछि उनले झापा ४ को सुरुङ्गा र झापा ५ को दमकमा भेटघाट गर्ने भएका छन् । दमकमा झापा ५ का उम्मेदवार बालेन शाहसंग उनले घरदैलो गर्ने बुझिएको छ । भद्रपुरको कार्यक्रममा बालेन आउने कि नआउने भनेर टुंगो भइसकेको छैन । झापा ३ मा चुनावी माहौल बनाउन बालेनलाई लैजाने पहल भइरहेको छ । झापाको कार्यक्रम सकेर सभापति लामिछाने दिउँसो १ बजेतिर सुनसरीको इटहरी जाने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्