झापा, फागुन ११ । पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। २४ जना घाइते भएका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख डीएसपी सुरज कार्कीका अनुसार घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्