झापा, फागुन ११ । झापा भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि पाँच ठाउँमा संबोधन गर्ने भएका छन् ।

चन्द्रगढी , धुलावारी ,बिर्तामोड ,सुरुङ्गा र दमकमा उनले संबोधन गर्ने भएको निर्वाचन परिचालन सचिवालय झापाले जनाएको छ । झापाको कार्यक्रम सकेर उनी भोलि नै इटहरी जाने भएका छन् । सभापति रविसंगै वरिष्ठ नेता बालेन शाह पनि रहने जनाइएको छ ।



