झापा, फागुन १२ । झापा गाउँपालिकामा फेरि एमालेको झण्डा जलाइएको छ ।

गएराति झापा गाउँपालिका– ६ शरणामतीको भृकुटी चौकमा एमालेको करिव १२ वटा झण्डा अपरिचित व्यक्तिले जलाएका हुन् ।

त्यसको अघिल्लो आइतवार राति पनि शरणामतीमा एमालेको झण्डा जलाइएको थियो ।
सो राति एमालेको १३–१४वटा झण्डा जलाइएको थियो ।

लगातार झण्डा जलाउनेहरुको बारेमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्