झापा, फागुन १२ । बिर्तामोडस्थित इडन गार्डेन एजुकेशन फाउण्डेशनका विद्यार्थीहरुको प्रतिभा देखेर अभिभावकहरु प्रफुल्लित भएका छन् ।

इडन गार्डेनको ३७औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले आ–आफ्‌ना प्रतिभा देखाएका हुन् । कार्यक्रममा विद्यार्थीहरूले नेपालको सांस्कृतिक पहिचान झल्काउने ३२ भन्दा बढी प्रस्तुति प्रस्तुत गरेका थिए। गीत, नृत्य, कविता, नाटकलगायतका प्रस्तुति प्रस्तुत गरेर उनीहरुले अतिथि र अभिभावकहरुको मन जितेका थिए।

नर्सरीदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुले भरत नाट्यम ,सरस्वती वन्दना ,रिमिक्स आधुनिक नृत्य ,कविता,राष्ट्रिय गीतमा नृत्य , मारुनी नृत्य , राजवंशी नृत्य ,जेनजी नृत्य, झुम्रा ,साकेला ,तामाङ सेलो , लेजी डान्सलगायत प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।

विद्यालयका कोअर्डिनेटर गीताराम आचार्य र विद्यार्थीहरू चाँदनी माली, आयुष्मा रसाईली, बर्षा मैनाली, अर्पित मैनाली, कुशल बस्नेत, आयान अन्सारी, दिप्सन गिरी, दृष्टी माझी, सलिना राई, सभ्यता शिवाकोटी, आश्रिया शंकर, आश्रिया सुनुवार, रोनिषा प्रसाई, विजयता सुव्वा, सोनाली विश्वास, मुस्कान वेगम, विकल ओली, खुश्बु आचार्य, सम्राट शाही, श्रीयान उप्रेती र क्रिष्टीना बस्नेतले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।

विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए । उनले बिर्तामोडकै पुरानो विद्यालयको रुपमा रहेको इडन गार्डेनले आफ्‌नो ख्यातिलाई अझ वृद्धि गर्न नवीनतम् प्रविधिहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

शिक्षक कमल अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको इतिहास र आगामी योजनाबारे प्रकाश पारेका थिए ।

सो अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू अनमिका थापा, सुदिक्षा उप्रेती, कृष्टल प्रसाई र सुरज गौतमलाई जनही नगद ५ हजारसहित सम्मान गरिएको थियो।त्यसैगरी २०८२ सालको वर्ष उत्कृष्ट पुरस्कार विद्यार्थीहरु संज्ञान गौतम र प्राञ्जल पोखरेललाई प्रदान गरिएको थियो।

त्यस्तै उत्कृष्ट शिक्षकहरु मोनिका गिरी,गीता बास्तोला,सञ्जय राजवंशी,सुष्मा मोहरा ,मेनुका पाठक, बिमला कँडेल ,वर्षा कार्की र तुलसा निरौलालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ग्रीन सदनलाई पुरस्कृत गरिएको थियो भने लक्की ड्रबाट भाग्यशाली अभिभावक चन्द्रकला गौतमलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका संचालक , शिक्षक प्रतिनिधि , अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । बिर्तामोडकै पुरानो विद्यालय इडन गार्डेनले स्तरीय पढाइसंगै अतिरिक्त क्रियाकलापमा समेत राम्रो पहिचान बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्