झापा, फागुन १२ । वर्षासंगै परेको चट्याङले लागेर इलाममा तीनजना घाइते भएका छन् ।

आज दिउँसो १ बजेतिर इलाम नगरपालिका ३ पुवामझुवामा चट्याङले लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा इलाम ३ पुवामझुवा बस्ने वर्ष ३० का पुष्पलाल विष्ट, सोही ठाउँ बस्ने वर्ष ४० का तारा खत्री र वर्ष ८२ का तिलककुमार खत्री रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइ उपचार भइरहेकोमा गंभीर अबस्थाका पुष्पलाल विष्टलाई थप उपचारका लागि बिर्तामोड रिफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्