झापा फागुन १४ । लागूऔषधसहित बिर्तामोडका एक युवक पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुलमा भारतको पानीट्याङ्कीबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका बिर्तामोड ५ जात्रुबारी बस्ने बर्ष २९ का अर्जुन राजवंशीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर शरीर तलासी लिँदा मलद्वारभित्र लुकाई छिपाई ल्याएको प्लाष्टिकबाहेक ६ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्