झापा, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ ।

हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडीपट्टि पर्खालको फेदमा सरसफाई(फटीक) गर्ने क्रममा इन्सासको म्यागजिन थान १ र ३ राउण्ड गोली फेला पारेका हुन् ।उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ२४गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।



