झापा, फागुन १६ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।

गएराति ११ बजे मेचीनगर .२ जनता टोल बस्ने इन्द्रप्रसाद ढकालका छोरा बर्ष १७ का सागर ढकाललाई घर बाहिर एउटा जंगली हात्ती आई आक्रमण गरेको हो । घाइते ढकाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जंगली हात्तीले झापामा लगातार जनधनको क्षति गर्दै आएको छ । चार दिनअघि जंगली हात्तीको आक्रमणबाट घाइते भएकी बाह्रदशी १बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्