झापा, फागुन १७ । झापामा लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

शुक्रवार राति १० बजे गौरादह –३ जामबाडी बस्ने तेजबहादुर कार्कीकी श्रीमती बर्ष ४१ की होमकुमारी कार्कीको खाटबाट लडेर मृत्यु भएको हो । आफ्नै टिनको छानो, टाटी बेरा भएको एक कोठे घरको कोठाभित्र खाटमा सुतेकोमा उनी खाटबाट लडेकी थिइन् । मृतक छारे रोगको बिरामी रहेको बुझिएको छ । हिजो बिहान कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमपछि मृतकका छोराले सदगतको लागि बुझिलगेको प्रहरीले जनाएको छ ।
यता हिजो बिहान ११ बजे बिर्तामोड – ५ स्ने दिपा ओलीको घरमा विवाह कार्यक्रमको लागि टेन्ट लगाउने क्रममा लडेर एकजना कामदार घाइते भएका छन् । घाइते हुनेमा भारत दार्जिलिङ जिल्ला खोरीबारी बस्ने बर्ष ३० का बिप्लव मण्डल रहेका छन् । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



