झापा, फागुन १८ । एमाले अध्यक्ष केपी ओलीको विरुद्धमा प्लेकार्ड लिएर हिडिरहेका एक व्यक्ति दमकमा पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे दमक ५गणतन्त्र चोकमा ‘भोट फर बालेन, केपी ओली मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर हिडिरहँदा भोजपुर रामप्रसाद राई गाउँपालिका ५मानेभञ्याङ बस्ने बर्ष २७ का दिपेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
उम्मेदवारहरुको बारेमा कागजमा बिभिन्न लेखिएको प्लेकार्ड बोकेर आचारसंहिता उल्लंघन गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा ल्याई पाण्डेमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।



