झापा, फागुन १९ । इलाममा आगलागीबाट गोठ जलेर नष्ट भएको छ ।

आज बिहान १०ः३० बजे इलाम नगरपालिका .६ लोकसेवा मार्ग बस्ने छत्रबहादुर लिम्बूको टिनको छानो र ढुङगा माटोको गारो भएको २ तले गोठमा खोले पकाउने क्रममा आगलागी भएको हो ।स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय इलाम, नेपाली सेना रणसार्दुल गण गढीथुम्का ब्यारेक र सशस्त्र प्रहरी वल नेपाल नं. १ हेक्वा श्रीअन्तु इलामबाट संयुक्त टोली खटिएर इलाम नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगो विहान ११ बजे पूर्णरुपमा नियन्त्रण आएको थियो ।
उक्त आगलागीबाट गोठभित्र रहेका भाँडावर्तन र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।



