झापा, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन् ।

आज बिहान ११.२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडि फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहँदा बिर्तामोड ६ निवासी कन्दङवा पक्राउ परेका हुन् । उनी प्रचारप्रसार सामग्रीसहित पक्राउ परेको जिल्ला अध्यक्ष केशव ओझाले बताए । तर, सुरक्षा स्रोतका अनुसार पैसा बाँड्दै गर्दा उनी पक्राउ परेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्