मेचीनगर, फागुन २० । नेकपा एमालेले झापामा कोहीसंग पनि चुनावी तालमेल नगरेको स्पष्ट पारेको छ ।

निर्वाचनको सम्मुखमा चुनावी तालमेलको हल्ला चलिरहँदा झापा क्षेत्र नं. १ सहित पाँचवटै क्षेत्रमा अर्को दलको उम्मेद्वारसँग कुनै तालमेल नरहेको पार्टीले जनाएको छ ।

नेकपा एमाले झापा–१ का क्षेत्रीय संयोजक कृष्ण कनालले आज सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै झापा निर्वाचन क्षेत्र नं. १ मा अर्को दलको उम्मेद्वारलाई सघाउने गोप्य तालमेल नभएको बताएका हुन् ।

उनले पार्टीका सदस्य एवम् शुभचिन्तकहरुमा भ्रम छर्ने र मत प्रभावित गर्ने नियत राखी मौन अवधिमा चुनावी आचारसंहिता र मर्यादा विपरीत चलाइएको त्यस्तो हल्लालाई पूर्णरुपमा खारेज गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्