झापा । अर्जुनधारा ६ स्थित बालकल्याण आधारभूत बिद्याालय मतदान केन्द्रबाट झापा २ का एमाले उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले बिहान ७ बजे पहिलो मत दिएर मतदान शुभारम्भ गरेका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व उपसभामुख इन्दिरा राना मगरले अर्जुनधारा ८ शनिश्चरे बजारमा रहेको शनिश्चरे मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् । आज बिहान ७ बजेदेखि झापाको ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शुरु भएको हो । झापामा २८५ मतदान स्थलअन्तर्गत ८१८ मतदान केन्द्रमा मतदान भइरहेको छ ।



