झापा, फागुन २३ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ मा ठुलो मतान्तरसहित रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् ।


गत निर्वाचनमा नेपाली कांग्रेसका उपभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको स्थानमा डाँगीले सानदार जित हात पारेकी हुन् ।

उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे । उनले १० हजार ४ मत ल्याए। नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्बर ०१ को अन्तिम मत परिणाम

जम्मा मतदाता सङ्ख्या : १३१०६७
जम्मा खसेको मत : ८२५६० (लगभग ६३.००% मतदान)
सदर मत : ७८२९१ (९४.८४%)
बदर मत : ४२६९ (५.१६%)

प्राप्त मत (प्रतिशत सहित)

रास्वपा (निशा डाँगी): ४५६८० (५८.३५%)
नेपाली काङ्ग्रेस (केशवराज पाण्डे): १०५५० (१३.४७%)
श्रम संस्कृति (केवलराम राई): १०००४ (१२.७८%)
नेकपा एमाले (रामचन्द्र उप्रेती): ७६५९ (९.७८%)
राप्रपा (हेमराज कार्कि): १६१२ (२.०६%)
मङ्गोल नेशनल (सन्तोष तामाङ्ग): ९७१ (१.२४%)
नेकपा (अशेष घिमिरे): ९२२ (१.१८%)
उज्यालो नेपाल (नरेश कुमार लावति): ४८५ (०.६२%)
नेपाल सदभावना पार्टी (ओलिन राजवंशि): १०९ (०.१४%)
स.लो.रा.म (मान बहादुर सावा लिम्बु): ९९ (०.१३%)
स्वतन्त्र (दुर्गा बहादुर सावा लिम्बु): ८४ (०.११%)
जनता समाजबादी पार्टी (रमा मेचे): ४३ (०.०५%)
स्वतन्त्र (गणेश कुमार खरेल): ३३ (०.०४%)
नेमकिपा (हिरण कुमार भट्टराई): २३ (०.०३%)
नेपाल जनमुक्ति पार्टी (खान्द्रु कुरुवा): १७ (०.०२%)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्