भद्रपुर, बैशाख ४ । हावाहुरीसँगै परेको चट्याङले लागेर भद्रपुरको मेचीपारीमा एक गोरु मरेको छ ।

बुधबार बिहान भद्रपुर —३ मेचीपारी बस्ने पल्टन हस्दाको गोरु चराउन लैजादै गर्दा बाटोमा हावाहुरीसंगै परेको चट्याङले लागेर एउटा गोरू घटनास्थलमा नै मरेको हो ।

चट्याङले लागेर मानवीय क्षति नभएको प्रहरी चौकी मेचीपारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्