बिर्तामोड , बैशाख ४ । कोरोना भाइरस महामारीको जोखिम रोकथाम गर्न लगाइएको लकडाउनलाई बिर्तामोड नगरपालिकाले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत ब्यबस्थापन कोष बिर्तामोड नगरपालिकास्तरीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले खाद्यान्नका पसल दिनको १२ बजेदेखि ३ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ । त्यस्तै स्थानीय क्षेत्रमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधी पसललाई नियमित सञ्चालन गर्न दिने र कृषि थोक बजारमा रहेको सब्जीको ल्याब सेवा लकडाउनको अबधि वैशाख १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्