झापां, ५ बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५ सय १५ पुगेको छ ।

वल्र्डमटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ लाख ८२ हजार ३३ पुगिसकेको छ, भने ५ लाख ४७ हजार १ सय ४० निको भइसकेका छन् ।यसैबीच, ६ लाख ९२ हजार ६ सय ५५ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १४ लाख ८९ हजार ३ सय ७८ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ३४ हजार ६ सय १७ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ६ लाख ७७ हजार ५सय ७० पुगेको छ । जसमध्ये ५७ हजार ५ सय ८ जना निको भइसकेका छन् ।
यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ७० पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ४० हजार १ सय ६४ पुगेको छ ।
स्पेनमा पनि कोरोना संक्रमणका कारण १९ हजार ३ सय १५ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ७४ हजार ७ सय ९७ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार २७ जना कुल संक्रमित भएका छन् भने, १७ हजार ९ सय २० को ज्यान गएको छ । यसैबीच ३२ हजार ८१२ निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय २९ पुगेको छ । त्यस्तै १ लाख ३ हजार ९३ जना संक्रमित छन् ।
त्यस्तै, चीनमा ३ हजार ३ सय ४२ को ज्यान गएको छ, भने संक्रमितको संख्या ८२ हजार ३ सय ४१ पुगेको छ । जसमध्ये ७७ हजार ८ सय ९२ निको भइसकेका छन् । अहिले चीनमा १ हजार १०७ वटा मात्रै कोरोनाका केसहरु एक्टिभ छन् ।
इरानमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ६९ पुगेको छ । ७७ हजार ९ सय ९५ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ५२ हजार २ सय २९ निको भइसकेका छन् ।
त्यस्तै टर्की, जर्मनी, बेल्जियम, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्याण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या १६ पुगेको छ । हालसम्म २ जना निको भइसकेका छन्, भने बाँकी १४ जना उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्