दमक, ५ बैशाख । गाई काटिरेहको अवस्थामा झापाको दमक —३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट दुई जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा बेलडाँगी २ हट नम्बर २९५ सेक्टर नम्बर ए का २६ बर्षीय सुनिल गुरुङ र बेलडाँगी २ हट नम्बर २०८ सेक्टर नम्बर ए तीनका ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन् ।
हिजो बेलुका सवाँ ८ बजे उनीहरुले शिविरको एक छाप्रामा गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नासाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी खोटाङ हलेसी तुवाचुङ ५ मयाँखुवाट गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका देशबहादुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सीता सार्की र लिलाबहादुर खड्का रहेको एक नम्बर प्रदेश प्रहरीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्