मेचीनगर, ६ वैशाख ÷ झापाको मेचीनगर—६ धुलावारीमा नोवल कोरोना भाइरस कोभिड १९ का संभावित संक्रमितबाट संकलन गरिने थ्रोड स्वाब संकलन गर्ने पीपीइ क्याबिनेट आइतबारदेखि सञ्चालनमा आउने भएको छ । क्याबिनेटलाई धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको छ ।

करीब ७० हजारको लागतमा निर्माण भएको क्याविनेट मोरङको उर्लाबारीस्थित त्रिकाल फाउण्डेशनको संयोजनमा शनिबार परोपकारी संस्था राष्ट्रिय आविस्कार केन्द्र नेपालका पूर्वाञ्चल संयोजक युवराज अधिकारीले मेचीनगर प्रमुख बिमल आचार्यलाई उक्त हस्तान्तरण गरे लगत्तै सञ्चालनको तयारीमा रहेको नगरपालिकाले जनाएको छ । क्याविनेटको प्राविधिक जनशक्तिको ब्यवस्थापन धुलावारी स्वास्थ्य केन्द्रले गर्ने छ ।

आविस्कार केन्द्रका पूर्वाञ्चल संयोजक अधिकारीका अनुसार नोवल कोरोना भाइरस कोभिड १९ का शंकास्पद बिरामी फेला परे र्यापिड डाइगेनिष्टीक टेष्ट आरडीटी र पोलिमिरेस चेन रियाक्सन पीसीआर दुबैमाध्यमबाट गरिने परीक्षणको नमुना संकलनमा पीपीइ क्याबीनेटले मद्धत गर्ने र स्वास्थ्यकर्मीमा हुने संक्रमणको जोखिम न्युनिकरणमा यसले मद्धत पु¥याउने छ ।

महावीर पुनःको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रले यस अघि पीपीइ क्याबिनेट निर्माण गरी झापाका विभिन्न स्थानीय तहहरुलाई हस्तान्तरण गरि सकेको छ ।

क्याबिनेट हस्तान्तरणमा कार्यक्रममा नगर प्रमुख आचार्य, १० नं वडा अध्यक्ष सुवेशकुमार पनेरु, कार्यपालिका सदस्य टीकाराम मग्राती, कृष्ण कनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्