बिर्तामोड ,बैशाख ७ । बन्दी सहायता नेपालले अति विपन्न तथा कारागारमा रहेका बालबालिकाहरुलाई राहत वितरण गरेको छ ।

गल्स एजुकेसन इन्पावर नेपाल परियोजनाअन्तर्गत १९ जना एकल महिला र झापा कारागारमा आमासँग आस्रित रहेका ५ जना बालबालिकाहरुलाई ६०० केजी चामल,७२ पोका खानेतेल,४८ केजी दाल,४८ केजी आलु,७२ थान नुहाउने साबुन, २४ केजी चिउरा ,२४ प्याकेज दालमोड, २४ प्याकेज नुन,२४ प्याकेज चियारंग गरी करिब ६० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको हो । अर्जुनधारा, मेचीनगर शिवसताक्षी, बिर्तामोड र भद्रपुर नगरपालिकाका अति बिपन्न परिवारलाई राहत वितरण गरिएको शाखा संयोजक जगतबहादुर मगरले जानकारी दिएका छन् ।

संस्थाले २० वर्षदेखि एकल महिला रहेका र कारागारमा कैदीवन्दीका बालबालिकालाई आवाससहित शिक्षा,स्वास्थ र सीप प्रदान गर्दै आएको शाखा सचिव रन्जित परियारले बताए । कोरोना भाइरसले विश्व नै महामारीको चपेटामा रहेको विषम परिस्थितिमा परिवार र बालबालिकाहरु भोकभोकै नरहुन् भनी काठमाडौ,सप्तरी र झापामा रहेका सयौं परिवारलाई राहत वितरण गरिएको संस्थाकी केन्द्रीय अध्यक्ष इन्दिरा राना मगरले बताइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्