मेचीनगर, ७ वैशाख । नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरसको संक्रमण बढ्दै धमाधम संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ ।

छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे ।नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबारदेखि शुुुरु घरदैलो अभियानअन्तर्र्गत मेचीनगरका विभिन्न वडामा पुगेर टोलीले विदेशबाट आएर होम क्वारेन्टाईन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टाईनमा बसेका २ महिलासहित ५२ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेकोे शाखा संयोजक शशीकला राईले बताइन् ।

आज टोेलीले २ महिलासहित १४ जनाको एन्टीबडी परीक्षण गरेको थियो । संयोजक राईका अनुसार मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयावारीको क्वारेन्टाइनमा रहेका चारजनाको भाइरसको एन्टीबडी परीक्षण गरेको थियो भने वडा नम्बर २ र ३ मा तीन÷तीन तथा वडानम्बर ५ मा चारजनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेको थियो । टोेलीले पहिलो दिन २४ तथा दोेस्रो दिन १४ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।विदेशबाट आएको १५ देखि २७ दिनभित्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरेको परीक्षणको रिपोर्ट विश्वसनीय हुने संयोजक राईको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्